निष्पक्ष र तटस्थ ढंगले संसद चलाउँछु: सभामुख घिमिरे
काठमाडाैं | माघ ५, २०७९
काठमाडौं: प्रतिनिधिसभाका निर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्ष र तटस्थ ढंगले संसद चलाउने बताएका छन्। सभामुखमा निर्वाचित भएपछि संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले संसद्लाई निष्पक्षताका साथ सञ्चालन गर्ने बताए।
‘यो प्रजातन्त्रमा राम्रो सुन्दर अभ्यास भएको छ। यो अभ्यासले म चुनावमा प्रतिस्पर्धा गरेको हुँ। सभाको प्रतिनिधित्व ठीक ढंगले अगाडि बढाउँछु,’ उनले भने।
बिहीबारको संसद बैठकबाट उनी १६७ मतसहित सभामुखमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेसका ईश्वरी न्यौपानेले १०० मत प्राप्त गरिन्। घिमिरे मंसिर ४ को निर्वाचनमा झापा २ बाट निर्वाचित भएका थिए।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

